काठमाडौँ, १३ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।