बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ८ असार । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँ बढेको छ । छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ ।…