भोटेकोशीका बाढी पीडितका लागि कास्कीबाट १ करोड १८ लाख सहयोग

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान र नागरिकहरूले आर्थिक सहयोग जुटाएका छन् ।  ३७ वटा संस्था तथा व्यक्तिहरूबाट कुल १ करोड १८ लाख ९० हजार ८३१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप-विपद् राहत कोषमा जम्मा गरिएको छ । होटल एसोसिएसन पोखरा मातहतका २३…