काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका लागि करिब चार करोड रुपैयाँ सहयोग गर्ने भएको छ। संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरेको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा संघ मातहतका सदस्य उद्योगहरूले राहत रकम उपलब्ध गराएको जनाएको छ।…