घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ७ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५१ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।