काठमाडौँ, २५ साउन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर ४ हजार ६७० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…