घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २१ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ३ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।