बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २९ पौष । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर ५ हजार ३४० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।