बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।