काठमाडौँ, १६ असार । डिश मिडिया नेटवर्क लिमिटेड ९डिशहोम० र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीलाई औपचारिक बनाउने क्रममा तुषाल मल्टिभेन्युका प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका लेखा अधिकृत देवराज श्रेष्ठ बीच समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ…