४० करोड थान एक रुपैयाँका सिक्का छाप्न बोलपत्र आह्वान

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार प्रकाशित गरेको सूचनामार्फत पूर्वयोग्यताप्राप्त सुरक्षा मुद्रण तथा टकसाल कम्पनीबाट बोलपत्र माग गरेको हो। सिक्काको डिजाइन, टकसाल, आपूर्ति, वितरण तथा सम्बन्धित सेवासहितको कामका लागि बोलपत्र आह्वान…