स्रोत नखुलेको ८ लाख रकमसहित पक्राउ

काठमाडौँ, २९ जेठ । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो । निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।