काठमाडौँ, २८ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।