आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २१ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।