बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १ मंसिर । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।