१ खर्ब २५ अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

काठमाडौँ, २७ चैत । नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब २५ अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । अधिक तरलतालाई कम गर्न राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । तत्काल कर्जा प्रवाह वृद्धि नहुने आँकलन गर्दै निक्षेप वृद्धिमा रुचि नदेखाएका बैंकहरूले ब्याजदर घटाउँदै मुद्दती निक्षेपलाई निरुत्साहित गरिरहेका छन् ।…