काठमाडौँ, ८ फागुन । सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनकै कायम रहेको महासंघले जनाएको छ । त्यस्तै, सुन प्रतिदस ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ…