ज्यालाले गरीबी निवारण मात्रै हैन श्रमिकको सम्मानित जीवनयापन हुनुपर्छः पोखरेल

काठमाडौं,१९ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मौलिक हक उपभोग गर्ने वातावरण तय गर्दै राज्यको आर्थिक उद्देश्य प्राप्त गर्न, न्याय र समानतामा आधारित समावेशी विकासका लागि निजी क्षेत्रको सहयोग अनिवार्य रहेको बताउनुभएको छ । ‘दिगो विकास लक्ष्य केन्द्रीत तेस्रो जिम्मेवार व्यवसाय सम्मेलन’को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्यका १७ वटै लक्ष्य हासिल गर्न…