आजदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । बढेको मूल्य आजदेखि लागू भएको छ ।  विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ…