काठमाडौँ, १२ चैत । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १ सय रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।