काभ्रे, २४ माघ । टुकुचा नाला– ७ घिमिरेगाउँकी २३ वर्षीया गीता घिमिरे विगत चार वर्षदेखि तरकारीखेती गर्दै आएकिछिन । अन्य पेसा भन्दा तरकारीखेतीबाट राम्रो आम्दानी भएको र यसबाटै आत्मनिर्भर भएको उनी वताउँछिन । “वार्षिक रु चार लाख बराबरको तरकारी बिक्री गर्दै आइरहेकी छु ।” कृषक घिमिरे भन्नुहुन्छ, “सात रोपनी जग्गामा तरकारीखेती गर्दै आएको छु यसबाट…