दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु !

सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। डोटीमा नौ वर्षअघि दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु भएको थियो। उनीहरूलाई खोप लगाउनेबित्तिकै कामज्वरो, झाडापखाला र बान्ता भएको थियो। सरकारी निकायको हेलचेक्र्याइँका कारण ती बालबालिकाको ज्यान गएको भनी…