काठमाडौं, २४ भदौ । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरुभयो । यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन…