जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

गुल्मी, २१ जेठ । जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरूले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन् । तर, गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा भने भिन्न परम्परा छ । ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्षौँदेखि दलित पुजारीले पूजा गर्छन् र उनको हातको टीका लगाउँछन्…