सात दिन बाँकी रहँदा आयो लोकतान्त्रिक फोरमको यस्तो घोषणापत्र

काठमाडौं, २५ वैशाख । प्रत्येक गाउँलाई ‘स्मार्ट गाउँ’ बनाउने र ‘एक गाउँ एक उत्पादन’को लक्ष्यसहित नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचन–२०७४ का लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले आइतबार पत्रकार सम्मेलन गरी ‘नमस्कार’ चिह्नमा मतदान, उम्मेदवारलाई विजय गराउने हाम्रो अभियानः स्थानीय तहलाई आत्मनिर्भर, सुशासित र जनमुखी बनाउने हाम्रो मुख्य अरमान’…