काठमाडौं, ३१ चैत । भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत्त चोरी हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपैयाँसम्ममा विद्युत्त आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लाको औसत विद्युत्त चुहावट ३७।७२ प्रतिशत…