काठमाडौं, २५ फागुन । निर्वाचन आचारसंहिता जारी भएको तीन दिनपछि शुक्रबार काभ्रे जिल्लाको कामिडाँडा पुगेका तत्कालीन नेकपा माओवादी जनमुक्ति सेनाका कमाण्डर एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धका भोगाइहरू सेनाको हेलिकोप्टरमा चढेर सम्झिएका छन् । त्यतिबेला सेनाको हेलिकोप्टर उड्दा पनि जमिनमुनी लुक्ने नेता अहिले त्यही सेनाको सुरक्षामा १० वर्षपछि कामिडाँडा पुग्दा द्वन्द्वका सम्झनामा डुब्न पुगे ।…