काठमाडौं, १९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय सवन्वय समिति (आईसीसी)का उपाध्यक्ष भवन भट्टले भूकम्पबाट क्षति भएको गोरखाको लाप्राक एकीकृत बस्ती निर्माणका लागि स्वयंसेवा गरेका छन् । भूकम्पले क्षति पुर्याएको लाप्राकवासीको आवास निर्माणका लागि स्वयंसेवा गर्न उपाध्यक्ष भट्ट गोरखा पुगेका हुन् । उपाध्यक्ष भट्टले लाप्राकमा ६१२ नमुना घर निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको…