शिक्षकको तलब वृद्धिमा पहल गर्नेछु : सभापति देउवा

काठमाडौँ, ३० जेठ । नेपाली काँग्रेसका शीर्ष नेताहरूले शिक्षकहरूको तलब वृद्धि, सामाजिक सुरक्षा र शिक्षाको गुणस्तर सुधारका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभामा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्था कमजोर भए पनि महँगी बढेका कारण शिक्षकहरूको तलबले जीवनयापन गर्न गाह्रो भएको…