भक्तपुर, २६ असार । नेपाल प्रेस सोसाइटीको प्रथम वार्षिकोत्सव आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमको अवसरमा भक्तपुर जिल्लाभरबाट ४ जीपीए ल्याउने ३० जना विद्यार्थीलाई सम्मानपत्र र प्रमाणपत्र वितरण गरिएको छ । समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल प्रेस सोसाइटीले एक वर्षको छोटो अवधिमा पत्रकारिता क्षेत्रमै उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेका…