कास्की, ५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयको पाँचौँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयले वर्तमानको आवश्यकताअनुसारको पाठ्यक्रम निर्माण एवं पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताए । अध्ययनकै लागि विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले विश्वविद्यालयप्रति बढ्दो अविश्वासलाई दृष्टिगत गरी समयानुकूल व्यावसायिक र गुणस्तरीय शिक्षा दिनेतर्फ लाग्नुपर्ने…