दुनै (डोल्पा) २९ फागुन । मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न भएर इन्जिन चालु नभएपछि विमानस्थलमै रोकिएको मकालु एयरलाइन्सका डोल्पा स्टेसन प्रमुख प्रताप शाहीले बताए । एयरलाइन्स व्यवस्थापनका राज श्रेष्ठको भनाइलाई उद्धृत गर्दै…