नाचगान गरेर जुटाएको सात लाख विद्युतीकरणलाई सहयोग, म्याग्दीका दुई सय घर झलमल्ल हुने

म्याग्दीः म्याग्दीको बिमका बासिन्दाले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् । बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर सङ्कलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन् । चार वटा वडामा रहेका आमा समूह, पुख्र्यौली समूह र युवा क्लबले सात लाख रुपैयाँ सहयोग गरेको विद्युतीकरण उपभोक्ता समितिका सदस्य वुद्धिबहादुर…