काठमाडौँ, २५ असार । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्यरुपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्यांक उपलब्ध नगराउने हललाई कानूनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कार्वाह गर्ने चेतावनी समेत दिएको छ । असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली संचालनमा आएको जनाउँदै…