काठमाडौँ, २० फागुन । अभिनेता हरिवंश आचार्यले आफूलाई जर्मनीका तानाशाह हिटलरको भूमिकामा फिल्म खेल्न मन लागेको बताएका छन् । आफू अभिनित फिल्म ‘महाजात्रा’को आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू एउटै छापमा बस्न नचाहेको बताए । प्रदीप भट्टराई निर्देशित सोसल-कमेडी ड्रामामा अभिनेता आचार्य भ्रष्ट नेताको भूमिकामा देखिएका छन् । अघिल्लो फिल्म ‘महापुरुष’बाट सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र…