काठमाडौँ, ७ चैत । सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा स्याङ्जाका ३४ वर्षीय विशाल थापा क्षेत्री नाम बताउने भेषराज वाग्लेलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट पक्राउ गरी थप…