काठमाडौँ, १७ पौष । ‘टिकटक’ ले सन् २०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ । सूचीले नेपालीहरूका लागि ‘टिकटक सर्च’ वास्तविक जीवनका लागि उपयोगी खोज माध्यम बनेको देखाउँछ । नेपालीहरूले दशैँ र तिहारजस्ता चाडपर्वदेखि खाना पकाउने रेसिपीहरूसम्म खोजेका छन् । यस्तै नेपालबाट सबैभन्दा धेरै खोजिएका विषयहरूमा मनोरञ्जन, संस्कृति, खाना, भ्रमण गन्तव्य…