असोज ८, काठमाडौँ । उज्ज्वल घिमिरेको निर्देशनमा बन्न लागेको ‘लभ स्टेशन’को शुभमुहुर्त आज गरिएको छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्रको सोमबार बिहान पशुपति मन्दिर परिसरमा मुहुर्त गरिएको हो । शुक्रबारदेखि छायांकन हुने चलचित्र दार्जलिङ, कालिङपोङ, सिक्किममा हुने भएको छ । चलचित्रमा प्रदिप र जसिताको साथमा मिस सिलगुढी श्रद्धा क्षेत्री, नायिका निरुता…