भदौ २१, काठमाडौं । रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को ‘जुरायो जुरायो….’ बोलको गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमाँ एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ । राजेश पायल राई र मेलिना रार्ईको स्वर रहेको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकारको अभिनय रहेको छ …