कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको हाहाकार

जुम्ला, १९ भदौ । पटक–पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ । एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएको हो । अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनुपरेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताए । कालिकोटको गगने…