वीरगञ्ज, २ भदौ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने…