खैरो हेरोइन सहित तीन जना पक्राउ

काठमाडौँ, ८ चैत । काठमाडौँ महानगरपालिका वडा नम्बर–११ सुन्धारा स्थित होटल न्यु निप्पोनबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएकी ४० वर्षीया सपना गुप्ता, तनहुँको बन्दीपुर घर भएका ४२ वर्षीय लुजा शाक्य र कास्की घर भएका २२ वर्षीय जोशिल बानियाँ…