११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ

काठमाडौँ, १८ असोज । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन् । भारततर्फ ठुलो परिमाणमा लागूऔषध लैजाँदै गरेको विशेष सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोली परिचालन गरिएको थियो । टोलीले शनिबार साँझ वीरगन्जबाट रक्सौलतर्फ आउँदै गरेको शंकास्पद ई–रिक्सा रोकेर जाँच…