बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  प्रहरीका अनुसार असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको हो । पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच…