संखुवासभा, २२ माघ । मकालु गाउँपालिका-५ मुढेस्थित उत्तर–दक्षिण कोशी राजमार्गमा बुधबार राति करिब ९ बजे भएको सवारी दुर्घटनामा एक कामदारको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुली हरिहरपुरगढी गाउँपालिका-६ स्थायी घर भएका नेमलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक नेमलाल तामाङ निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत वसन्तपुर निर्माण सेवा प्रालिमार्फत सञ्चालनमा रहेको ना ५ त…