बारामा एक युवकको गोली हानी हत्या

बारा, १० असोज । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको हो । सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार…