काठमाडौँ, २४ भदौ । पोखरा–जोमसोमको उडान २५ गते सोमबारदेखि तारा एयरले नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको हो । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए दैनिक…