मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २३ फागुन । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।…