गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

लुम्बिनी, २२ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।   राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लुच २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीनजना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले…