काठमाडौँ, २१ साउन । वर्षा र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । सडक विभाग कार्यालयका अनुसार हाल देशभर चारवटा सडक अवरुद्ध भएका छन् । चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) सडक अवरुद्ध भएको छ । यो सडकखण्डको पाँचथरमा सडक अवरुद्ध भएको विभागले जनाएको छ । भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागका अनुसार…